१० वटा नाकाबाट मात्रै नेपाल प्रवेश, ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१० वटा नाकाबाट मात्रै नेपाल प्रवेश, ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह



काठमाडौं । सरकारले अब १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपाल भारत सीमावर्ती १० वटा नाकामा काँकडभिट्टा झापा, रानी नाका मोरङ, माडर सिराह, गौर रौतहट, बीरगञ्ज पर्सा, बेहलिया रुपन्देही, कृष्णनगर कपिलवस्तु, जमुना बाँके, गौरीफन्टा कैलाली जिल्ला र गठ्ठा चौकी कञ्चनपुर जिल्लाका नाकाबाट मात्रै अब नेपाल प्रवेश गर्न पाइनेछ ।

त्यस्तै, बैंक, सहकारी, लघु वित्तीय, संस्था तथा जनतासँग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने संघ संस्थाहरुले अनलाइनका माध्यमबाट वित्तीय सेवा प्रवाह गर्ने, ५० प्रतिशत कर्मचारीबाट मात्रै सेवा प्रवाहको व्यवस्था मिलाउने र बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने बैठकले निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्