१८ भदौ २०८३, बिहिबार

नेपाल बैंकद्धारा ३ करोड ४६ लाख कोरोना कोषमा जम्मा



काठमाडौं । नेपाल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको ३ करोड ४६ लाख कोरोना कोषमा जम्मा गरेको छ । बैंकले मंगलबार उक्त रकम अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको रकम अनिवार्य रुपमा कोरोना कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको थियो । यही व्यवस्था कार्यान्वय गर्ने क्रममा बैंकले उक्त रकम जम्मा गरेको हो ।