बैंक अफ काठमाण्डूको नाफा २२ प्रतिशतले घट्यो
काठमाडौं । गत आवको चौथो त्रैमासमा बैंक अफ काठमाण्डूको नाफा २२ प्रतिशतले गिरावट आएको छ ।
बैंकको अघिल्लो आवको चौथो त्रैमासमा रु. १ अर्ब ८९ करोड नाफा गरेकोमा गत आवको सोही अवधिमा रु. १ अर्ब ४७ करोडमा सिमित भएको छ ।
सो अवधिमा खुद ब्याज आम्दानी ५ प्रतिशत र सञ्चालन नाफा २२ प्रतिशत घटेको छ । चुक्तापूँजी रु. ८ अर्ब ५४ रहेको उक्त कम्पनीले जगेडा कोषमा रु. ४ अर्ब ८० करोड र शेयरधनीकोषमा रु ९५ करोड ८६ लाख सञ्चित गरेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रु ९२ अर्ब १० करोड निक्षेप संकलन भएको छ भने रु ७५ अर्ब ९१ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा रु ८ करोड ८० लाख रहेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।










