नबिल बैंकले कमायो ३ अर्व ५६ करोड, कोरोनाले ६७ करोड नाफा घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नबिल बैंकले कमायो ३ अर्व ५६ करोड, कोरोनाले ६७ करोड नाफा घट्यो



काठमाडौं । नविल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्व ५६ कोड कमाएको छ । अघिल्लो आवको तुलनामा ६७ करोड २१ लाख नाफा घटेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा ३ अर्ब ५६ करोड ६६ लाख खुद नाफा कामएरको छ । सो रकमा गत अघिल्लो आवको तुलनामा ६७ करोड २१ लाख कम कमाएको छ । बैंकले अघिल्लो आवमा ४ अर्ब २३ करोड ८८ लाख कमाएको थियो ।

बैंकले ३ अर्ब ४ करोड २२ लाख वितरण योग्य मुनाफा रहेको छ । ब्याज आम्दानी १३ करोड ८९ लाख बाट घटेको छ ।

हाल नविल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख रहेको छ । प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा १३ रुपैयाँ ३३ पैसा घटेको छ । बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड १६ लाख तथा सेयरधनी कोषमा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ ।

नविल बैंकले गत आवको असारसम्ममा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्