७ श्रावण २०८३, बिहिबार

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको ज्यान गयो



काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।


त्यसैगरी एक जना गम्भीर घाइते भएका छन् ।


अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चनको मुत्यु भएको छ ।

अटो चालक मनहरी गाउँपालिका ५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्का घाइतते भएका छन । उनको चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो ।


प्रतिक्रिया दिनुहोस्