१८ भदौ २०८३, बिहिबार

यस्तो छ एभरेष्ट बैंकको वित्तिय विवरण, ५६ करोड नाफा घट्यो



काठमाडौं । कोरोनाको अषर अन्य बैंकमा झै एभरेष्ट बैंकमा पनि देखिएको छ । त्यसैले एभरेष्ट बैंकको नाफा घटेको छ । अघिल्लो आवमा ३ अर्व ५ करोड कमाएको एभरेष्ट बैंकको नाफामा ५६ करोड घटेको छ । बैंककले गत आवमा २ अर्व ४९ करोडमात्रै नाफा कमाउन सफल भएको छ ।

भारतको चर्चित पञ्जाव नेशनल बैंकको करिव २० प्रतिसत लगानी रहेको एभरेष्ट बैंकको चुक्तापुँजी ८ अर्व ५१ करोड रहेको छ । बैंककले कमाएको २ अर्व ४९ करोड कमाउँदा सेयरधनीलाई बाँडन मिल्ने १ अर्व ६७ करोड नाफा गरेको छ ।

एभरेष्ट बैंकले गत असार मसान्तसम्ममा १ खर्व ४३ करोड निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरेको छ । बैंककले अघिल्लो आवको तुलनामा निक्षेपमा १४ अर्व तथा कर्जामा ८ अर्व मात्रै बृद्धि गरेको छ ।

यो नाफालाई हेर्दा एभरेष्ट बैंकले सेयरधनीलाई करिव २० प्रतिसत डिभिडेन्ट दिन सक्नेछ । १३।३२ प्रतिशत पूँजीकोष अनुपात तथा खराव कर्जा अनुपात ०।२२ प्रतिशत रहेको छ ।