२४ भदौ २०८३, बुधबार

इपान अध्यक्षमा पुर्व सांसद आचार्य निर्वाचित



काठमाडौं । आईतबार साँझ बसेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)को अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।

२०६३/०६३ को अन्तरिम संसदमा उद्योगी–व्यवसायीका तर्फबाट सांसदसमेत रहेका आचार्य वाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा निर्वाचित भएका हुन् ।

बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग आवद्ध रहेका छन् ।