अपि पावरको कम्पनिको नाफा ९ करोड ५७ लाख रुपैयाँ
काठमाडौं । अघिल्लो आर्थिक बर्षम अपि पाव कम्पनिले ७ करोड ९ लाख २२ हजार रुपैयाँ नाफा कमाएकोमा गत बर्ष ९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनिले यस बर्ष ३५.०४ प्रतिशत बढि नाफा आर्जन गरेको हो ।
त्यस्तै कम्पनिको विद्युत् बिक्रीबाट हुने आम्दानी १७ करोड ८७ लाख रुपैयाँबाट बढेर ३२ करोड ४४ लाख पुगेको छ ।
कम्पनिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड रुपैयाँ छ ।
त्यस्तै कम्पनिको खर्च १ करोड ८४ लाख, प्रशासनिक खर्च १ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।















