७ श्रावण २०८३, बिहिबार

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफबीच रेमिट्यान्स् भुक्तानी सम्झौता



काठमाडौं । कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौता सँगै अब इसेवा मनि ट्रान्सफर मार्पmत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकको नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ ।


सम्मmौतापत्रमा कृषिविकास बैककातर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका छन ।


सम्झौता कार्यक्रममा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले कृषि विकास बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताएका छन ।


कार्यक्रममा कृषिविकास बैक डिजिटल बैकिड. विभागका विभागीयप्रमुख बाशुु अधिकारीले कार्यक्रममा बोल्दै कृषि विकास बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको र यसै क्रममा इसेवा मनिट्रान्सफरसंग विष्रेषण सम्मmौता भएको बताए ।


प्रतिक्रिया दिनुहोस्