चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित
काठमाडौँ – कोरोना संक्रमितको संख्या बढेसंगै नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा फेरि पनी स्थगित भएको छ ।
७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित भएको आज काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
अब परिक्षा कोरोनाको संक्रमणको जोखिम कम भएपछि मात्र हुने बताइएको छ ।
चैत ८ देखि सुरु हुने भनिएको चिकित्सकहरुको लाइसेन्स परीक्षा यसअघि पनी कोरोनाकै कारण स्थगित भएको थियो ।














