सिन्धुपाल्चोकको पहिरोमा थप ३ शव भेटियो
कठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल पहिरोमा हराएका मध्ये थप तीन जनाको लास भेटीएके छ ।
आज विहान १ बालक र दुई महिलाको शव भेटीएको प्रहरीले जानकारी दिएको छ ।
पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो ।
यो भन्दा अगाडि २५ जनाको शव भेटिएको थियो ।
हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् ।त्यस्तै १४ जना बालबालिका रहेका छन ।
यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको प्रहरीले जनाएके छ ।
त्यसैगरी ११ जना अझै बेपत्ता रहेका छन ।













