१ कार्तिक २०८३, आइतबार

मास्क नलगाउनेलाई कारवाही गर्दा साढे १ लाख राजस्व संकलन



काठमाडौं । जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने १ हजार ४ सय जनालाई कारवाही गर्दा १ लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

तनहुँका ९ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाही स्वरुप १ सय रुपैयाँका दरले जरिवाना गर्दा उक्त रकम संकलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।