१ कार्तिक २०८३, आइतबार

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।