७ श्रावण २०८३, बिहिबार

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण



काठमाडौं । पर्सामा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ६ महिला र २८ पुरुष गरी पर्साका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २० र पर्सागढी नगरपालिकाका १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साले अर्थपथलाई जानकारी दिएको छ ।


वीरगञ्ज महानगरपालिका–१५ भिस्वाका १३ जना , वडा नम्बर ४ , ६ , ११ , १२ , १६ , २१, २४ का १र१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पर्सागढी नगरपालिकाको वडा नम्बर ८ का १४ जनामा संक्रमण भेटीएको छ ।


आइतबार राति थप ३४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या एक हजार ९४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्