वागलुङकाे बाढी पहिरो पिडितलाई प्रभु बैंकको ५ लाख सहयोग
काठमाडौं । वागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को बाढी पहिलो पिडितलाई प्रभु बैंक लिले ५ लाख सहयोग गरेको छ । बैंककले एक कार्यक्रम गरी सहयोग रकम उपलव्ध गराएको हो ।

बाढीपिडतहरुको क्षेत्रमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट बिशेष निरिक्षण गरेका थिए । मन्त्रीद्वयले स्थानियहरुको समस्या बुझी शीघ्र उक्त डाउँहरुमा केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी दिए । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।
बुर्तिबा¨ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिका लाई वाढीपिडित उद्वार कोषमा रहने गरि ५ लाख सहयोग प्रदान भएकोे छ ।










