१८ भदौ २०८३, बिहिबार

एनएमबी बैंकको न्यूरोड शाखाका कर्मचारिमा कोरोना, एक साता सिल



काठमाडौं । एनएमबी बैंकको न्यूरोड ब्रान्चका म्यानेजर सहित ६ जनामा कोरोना पुष्टि भएको छ । एनएमबी बैंकको न्यूरोड शाखाका कर्मचारिमा कोरोना देखिएपछि उक्त शाखा एक साताका लागि सिल गरिएको छ ।

दुई साता अघि एनएमबी बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरोड ब्रान्चका सबै कर्मचारीहरु कन्ट्याक ट्रेसिङमा परेका थिए ।

एनएमबी बैंककै अन्य तीन वटा शाखा कार्यालय समेत सिल भएर भर्खरै खुल्ला गरिएको छ ।