मौरीले टोक्दा विदुरका नेपालीको ज्यान गयो, वेलकोटगढिका सुनार गम्भीर घाइते
काठमाडौं । मौरीले टोक्दा एक युवकको ज्यान गएको छ । हिजो नुवाकोटको विदुर नगरपालीका वडा ३ बस्ने २५ बर्षका सुनील नेपालीको मौरीको टोकाइबाट ज्यान गएके नुवाकोट प्रहरीले जनाएको छ ।नेपाली मह निकाल्न बेलकोटगढि नगरपालीका ७ को बरको बोटमा चढेको बेला मौरीले टोकेर गम्भिर घाइते भएका थिए ।
उनलाई ढुङ्गेस्थित हेल्थ कियरमा अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।त्यस्तै नेपालीलाई मौरीले टोकेपछि उदार गर्न गएका वेलकोटगढि नगरपालिकाका स्थानीय कृष्णबहादुर सुनार गम्भीर घाइते भएकाले उनलाई पनी ढुङ्गेस्थित हेल्थ कियरमा उपचार गराइरहेको प्रहरीले बताएको छ ।












