९ कार्तिक २०८३, सोमबार

तेस्रो संस्करणको एनपीएल आजदेखि सुरु, प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने



काठमाडौं । आज साेमबार (कार्तिक ९ गते) देखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरू हुँदैछ ।

त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेकाे एनपीएलको तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।

बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै शुभकामना दिएका छन्।

उनले फेसबुकमा लेखा छन् ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

आजको उदघाटन खेल अपराह्न साढे चार बजे सुरु हुनेछ भने पहिलाे खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्।