जापानी खाना “बेन्तो” होक्काइदो रामन हाउसले नेपाली बजारमा पहिलो पटक ल्यायो, यस्तो छ स्वाद
काठमाडौं । भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” हाम्रो होक्काइदो रामन हाउसले नेपाली बजारमा पहिलो पटक आएको छ ।
भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गरिरहेको जनाएको छ ।
कसरि तयारि गरिन्छ ?
तरकारीहरू आफ्नै बारीमा फलाउँछौं र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पु¥याइ छानेका हुने छन् । हाम्रो बेन्तो हाम्रो आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिन्छ । आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाइ ५ विभिन्न किसिमका हुनेछन् । र, भाटभटेनी सुपर मार्केटको इतिहास बोकेको पहिलो स्टोर (नक्सा भाटभटेनी) मा उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताएका छन् ।
जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्ने बताएको छ ।
भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेका र बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्सलाई तपाईंहरूलाई साथ दिने जनाएको छ ।
के हो बेन्तो ?
“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।












