२१ भदौ २०८३, आइतबार

‘कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउनू’ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन निर्देशन दिएको छ ।
कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले सो निर्देशन दिएको स्रोतले जनाएको छ ।

‘‘कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ’, मन्त्रालयले विधालयहरुलाई भनेको छ