१८ भदौ २०८३, बिहिबार

विजया दशमीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकले १० प्रतिशत रकम थप हुने



काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्नु वाञ्छनीय रहेको हुँदा भौतिक दुरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु नै आजको आवश्यकता ठानी आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहक महानुभावहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (ःयद्यबलप) मार्फत प्रदान गर्नुभएमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन ।

उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत ःयद्यबलप एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहक महानुभावहरूले ःयद्यबलप एपमा रहेको ‘म्ष्नष्तब िम्बपकजष्लब’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा च्झबचपक मा म्बपकजष्लब जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएके छ ।