सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा असनमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुक भरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौंको मुटु असनमा आज देखि असन शाखा संचालनमा ल्याएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको एकै प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।










