१२ श्रावण २०८३, मंगलबार

हास्य कलाकार मनोज गजुरेललाई पनि कोरोना



काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई पनि कोरोना देखिएको छ । गजुरेलले सामाजिक संजालमार्फत कोरोना पोजेटिभ भएको पुष्टि गरेका छन ।

कलाकार गजुरेलले कोरोनासंग संबन्धीत लक्षण देखिएपछि कोरोना परिक्षण गराएका थिए । उनलाई सोमबार कोरोना पुष्टि भएको हो ।

गजुरेल विहीबारदेखि नै कोरोनासंग संबन्धीत लक्षण देखिएपछि आइसोलेसनमा बसेका थिए । गजुरेलले आफुले सहजै कोरोना जित्ने बताएका छन ।