स्वदेशी लघुवित्तका सिईओ चापागाईद्वारा राजिनामा, मगरलाई कामु सिईओको जिम्मेवारी
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका सिईओले राजिनामा दिएका छन् । कम्पनीका सीईओ गोबिन्द चापागाईले पदबाट राजिनामा दिएका हुन् ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता गरेको सो कम्पनीका सिईओले मर्जर प्रक्रिया पूरा नभई राजिनामा दिएका हुन् ।
प्रदेश नं १ को इटहरीमा रजिष्टर्ड कार्यालय रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकमा चापागाईले दिएको राजिनामामाथि छलफल भएको र सो क्रममा बैठकबाट आगामी मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।
साथै कम्पनीले मंसिर १ गतेदेखि निमित्त सिईओमा कम्पनीका फाइनान्स प्रमुख तथा कामु नायब प्रबन्धक राजन मगरलाई कामु सिईओको जिम्मेवारी तोकिएको जनाएको छ ।
















