प्रभु बैंकको २११ औं शाखा प्रगतिनगरमा सञ्चालन
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ देखि नवलपुर ९नवलपरासी पुर्व० जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।












