सिटिजन्स बैंकको लाभांश संशोधन, संसोधित लाभांश कति ?
काठमाडौं । सिटिजन्स बैंकले २०७६/०७७ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ । सिटिजन्स बैंकले सेयर लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिने जनाएको छ ।
बैंकले यसअघि बोनस ७.७० र नगद ३.३० प्रतिशत दिने प्रस्ताव गरेको भएपनि राष्ट्र बैंकको वित्तीय विवरण प्रकाशन गर्न समहति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि २०७७ को खण्ड ‘ख’ लाभांश स्वीकृति सम्बन्धी बुदा ११ को प्रावधान अनुसार लाभांश दर संशोधन गरेको हो ।











