१ कार्तिक २०८३, आइतबार

शिवम् सिमेन्ट्सको बार्षिक साधारणसभा भोलि, २४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने



काठमाडौं । शिवम् सिमेन्ट्सले भोली कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साभाराण सभा ११ बजे जुममार्फत साधारण सभा हुने भएको छ ।

भोलीको सभामा २४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने कम्पनीले जनाएको छ । आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट समेत हुनेगरी २४.२१ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जाएको छ ।कम्पनीले गत वर्षको नाफाबाट एक अर्ब ६ करोड रुपैयाँ नगद लाभांस प्रदान गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्ट्स लिमिटेड गत आवमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत बर्ष ४५ करोड ६२ लाख रुपैयाँ कम कमाएको छ ।

गत बर्ष कम्पनीको बिक्री आम्दानी ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै कम्पनिको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३ अर्ब २३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको शेयर प्रिमियम ९४ करोड २ लाख रुपैयाँ छ ।