१ कार्तिक २०८३, आइतबार

सूर्योदय लघुवित्तको नाफा घटे पनि खुद ब्याज भने बढ्यो



काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १६ प्रतिशतले घटेर १ करोड १८ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष कम्पनीले सोही अवधीमा १ अर्ब ४१ करोड ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै संस्थाको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार रुपैयाँ, जगेडा कोषमा १२ करोड ८१ लाख १० हजार रुपैयाँ सञ्चित छ । कम्पनीको सोह िअवधिमा गत आर्थिक बर्षमा चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ र जगेडा कोष १२ करोड ७९ लाख ५६ हजार रुपैयाँ थियो ।

यस बर्ष खुद ब्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत बर्ष कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा १ करोड ५५ लाख ५६ हजार रुपैयाँ घटेर ४७ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै कम्पनीको निक्षेप संकलन ६८ करोड ६५ लाखबाट बढेर १ अर्ब २० करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।