१ कार्तिक २०८३, आइतबार

स्वाबलम्बनको १२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन, अन्य सूचक यस्ता छन्



काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको त्रैमासमा १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सोहि अवधिको तुलनामा ५६ लाख ६४ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षमा कम्पनीले १२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीको यस अवधिमा खुद ब्याज आम्दानी ६० लाख ४२ हजार रुपैयाँ बढेर ३२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ८९ लाख ९१ हजार रुपैयाँ बढेर २० करोड २७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी ७९ करोड २३ लाख रुपैयाँ, जगेडा कोषमा १ अबए ६८ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३६ करोड रुपैयाँ थियो ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ४७ पैसा कायम भएको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २९.२५ गुणा र प्रतिशेयर नेटवर्थ ३१२ रुपैयाँ ८७ पैसा कायम भएको छ।

सो अवधिसम्ममा लघुवित्तले ९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा ४ अर्ब ५२ करोड रुपैयाँ सापटीबाट १५ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप र ६ अर्ब ५१ करोड रुपैयाँ सापटीबाट कुल १५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।