शेयर धितो राखेरै ७.७५ प्रतिशत ब्याजदरमा रू १५ करोडसम्म कर्जा
काठमाडौं । एनएआइसी एशिया बैंकले शेयर लगानीकर्ताको सुविधाको लागि सर्वाधिक न्यून ब्याजदरमा शेयर धितो राखी कर्जा लिन पाइने सुविधाको ल्याएको छ ।
यदि यस्तो कर्जा लिन चाहनेले बैंकमा सम्पर्क गर्नुपर्ने छ । शेयर धितोमा राखेर कर्जा लिन बैकको जुनसुकै शाखामा आवेदन दिन सकिने छ ।
शेयर धितो कर्जाका विशेषताहरूः
- सर्वाधिक न्यून वार्षिक ७.७५ प्रतिशत ब्याजदर ।
- शेयर धितो मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा ।
- न्यूनतम रु १ करोड देखि अधिकतम रु १५ करोडसम्म कर्जा ।
- रु ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा ।










