मेगा बैंकको नाफा ३८ प्रतिसतले बढ्यो, जगेडा कोषमा २ अर्ब ९९ करोड
काठमाडौं । मेगा बैंक नेपालले चालु आवको पहिलो त्रैमासमा नाफा ३८ प्रतिसतले बढाएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंककले ४३ करोड ७४ लाखमात्रै नाफा कमाएको थियो ।
बैंककले गत आर्थिक वर्षको तुलनामा ३८.९७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख रहेको छ । बैंकको खुद ब्याज आम्दानी बढाउँदा नाफापनि बढेको हो । बैंकले ३ महिनामा १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।
मेगा बैंकले निक्षेप भने झण्डै २ अर्वले बढाएको छ । १ खर्ब २७ अर्ब ८९ करोडबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड पुर्याएको छ । त्यस्तै कर्जामा पनि ७ अर्व बढाएको छ । कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड पुगेको छ ।
१३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड राख्न सफल भएको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४८ पैसाबाट बढेर १८ रुपैयाँ २१ पैसा पुगेको छ ।













