१ कार्तिक २०८३, आइतबार

कुमारी बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले?



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न साधारण सभा आह्वान गरेको छ । साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ३.१५ प्रतिशत नगद लाभांश र १०.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यस्तै बैंकले मर्जर तथा एक्वीजिससन सम्बन्धि कार्य गर्नलाई सञ्चालक समितिलार्य अख्तियारी प्रदान गर्ने भएको छ। गत आर्थिक वर्षमा बैंकले संस्थागत सामाजिक उत्तरदाइत्व पुरा गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेकोभन्दा बढी भएकोले सो खर्चलाई अनुमोदन गर्ने प्रस्ताव समेत सभामा लैजादै छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने भएकोले मंसिर १४ गतेसम्म काएम भएका शेयरधनीहरुले प्रतावित लाभांश र सभामा भाग लिन पाउने छन् । बैंकले मंसीर २९ गते बैंकको रजिस्ट्रार कार्यलय टंगाल काठमाण्डौमा बिहान साढे ११ बजो सभा बोलाएको हो । कोरोनाका जोखिमका कारण सभामा अनलाईन मार्फत समेत सहभागी हुन सक्ने व्यवस्था बैंकले मिलाएको छ। जसको लागि बैंकले जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराउनेछ ।