प्रभु बैंकद्धारा ग्राहकहरुको लागि केवाइसी सेवा सञ्चालन
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्फत केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।
प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाइसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।









