आइतबार थप १०९६ जनामा कोरोना संक्रमण, उपत्यकामा ४८४ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको गरिएको थियो ।
आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । त्यस्तै छिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।













