बुधबार ३९.६० अंकले घट्यो नेप्से, ४ अर्व ५२ करोडको कारोवार, १ अर्व करोवार रकम पनि घट्यो
काठमाडौं । बुधबार सेयर बजारमा पुनः राताम्ये भएको छ । कारोवारको सुरुवातामा केही हरीयाली छाएको सेयर बजारमा उदार चढाव हुँदै १९५५.७५ अंकमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ९.०४ अंकले बढेको सेयर बजार बुधबार फेरी पहिरो गएको छ । मंगलबार ५ अर्व ७१ करोडको कारोवार भएको सेयर बजारमा बुधबार भने घटेर ४ अर्व ७४ करोड ५६ लाख ४९ हजार २ सय ९२ को कारोवार भएको छ ।

बुधबार झण्डै १ अर्व कमको कारोवार घटेको छ । साताको पहिलो दिन १ सय २३ अंकले घटेको सेयर बजारमा सोमबार केही सुधार भएको थियो । मंगलबार थोरै बढेको सेयर बजारमा बुधबार फेरी ३९.६० अंकले घटेको छ ।
बुधबार २०१ कम्पनीका ४६ हजार ४ सय ७५ कित्ता सेयर कारोवार भएको छ । हाइड्रोपावर समुहबाहेक सबै समुहको सेयर घटेको छ । ननलाईफ इन्स्योरेन्सको २२५ अंकले सेयर गिरावट आएको छ ।













