उपत्यका स्वयम्भू बस सेवा प्रालिको अध्यक्षमा न्यौपाने, नयाँ रुटमा लैजाने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उपत्यका स्वयम्भू बस सेवा प्रालिको अध्यक्षमा न्यौपाने, नयाँ रुटमा लैजाने



काठमाडौं । उपत्यका स्वयम्भू बस सेवा प्रालिको अध्यक्षमा न्यौपाने चयन भएका छन् । उपत्यका स्वयम्भू बस सेवा प्रा.लि. को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले रामकृष्ण न्यौपानेलाई पुनःअध्यक्षमा चयन गरेको हो । उपत्यका स्वयम्भू बस सेवा प्रा.लि.को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन मंसिर २७ गते सम्पन्न भएको हो । शनिबार सम्पन्न साधारण सभाबाट अध्यक्षमा रामकृष्ण न्यौपाने निर्विरोध चयन भएका हुन् ।

त्यस्तै, आज नै न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पनि गठन गरिएको छ । सदस्यहरूमा महेन्द्र बराल मगर, राजन खत्री, सुरज आचार्य, भिमसेन गिरी, शालिकराम पण्डित, मनोज बस्नेत, ट्रेड युनियन प्रतिनिधि दीपक रुचाल मगर, सन्तोष रखाल मगर, मनोज श्रेष्ठ र रमेश तामाङ चयन गरिएको हो ।  

नवनियुक्त अध्यक्ष न्यौपानेले आगामी कार्यकालमा व्यवसायीको हितमा  काम गर्ने बताए । उनले भने, “रुट अहिले पनि अस्तव्यस्त छ, कोरोनाले जोरविजोर प्रणालीमा सञ्चालन हुँदा सोचे अनुसार आम्दानी छैन्, यस्तै अवस्था रहने हो भने टाट पल्टिन सक्छ ।” 

कोरोना भाइरसले ठप्प रहेको व्यवसाय उकास्नका लागि नयाँ रुटमा जाने, गाडीहरू थप्ने, पुरानो बेचेर नयाँ ल्याउने लगायत योजना रहेको अध्यक्ष न्यौपानेले बताए । प्रालिमा हाल १ सय गाडीहरु सञ्चालनमा रहेका छन् । ९० प्रतिशत व्यवसायी स्वरोजगार छन् । 

त्यस्तै उनले यस अघि अध्यक्ष हुँदा लकडाउन अवधिमा ( चैत देखि कार्तिक करिव ८ महिनासम्म ) गाडीसँग एक रुपैयाँ नलिएर कर तिर्ने, कागजपत्र नवीकरण, इन्स्युरेन्स लगायत काम प्रालि स्वयंले गरेको थियो । यो कार्य उपत्यकामा रहेका करिव सयभन्दा बढि संस्थाहरुमध्य कै उदाहरणीय मानिएको छ । 

प्रालिमा ५२ जना सेयर सदस्यहरू छन् । आजको सभामा अध्यक्ष न्यौपानेले अध्यक्ष पद हस्तान्तरण गर्ने सोचमा रहेका थिए । तर ५२ जना सेयर सदस्यले उनलाई नै निर्विरोध अध्यक्ष चयन गरेको हो । महेन्द्र बराल मगर र राजन खत्रीले अध्यक्ष पदका लागि आकांक्षा राखेको भएपनि  दुवैजनाबीच सहमति जुट्न सकेन । यता ५२ जना सेयर सदस्यहरूले पनि चुनावी प्रक्रियामा नजाने र यदि चुनाव नै गर्ने हो भने साधारण सभा नै बहिष्कार गर्ने भनेपछि  न्यौपानेलाई नै सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । 


प्रतिक्रिया दिनुहोस्