प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव सम्पन्न



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने कार्यलाई निरन्तरता दिंदै आएको छ ।

आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ । २०७७ मंसिर २८ गतेका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा प्रभु लाइफ इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन । यसैगरी उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो ।

भोलीदेखि ६० करोडको शेयर समेत सार्वजनिक निष्कासन खुला हुने

यही मंसिर २९ गतेदेखि उक्त कम्पनीको ६० लाख कित्ता वरावरको ६० करोडको शेयर समेत सार्वजनिक निष्कासन खुला हुदैंछ ।सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रवन्धकत्वमा हुने शेयरको यो सार्वजनिक निष्कासन छिटोमा पुस २ गते बैकिङ्ग समय पश्चात् बन्द हुनेछ । प्रति शेयर १०० अंकित दरले ६०,००,००० कित्ता साधारण शेयर मध्ये कम्पनीको कर्मचारीहरुलाई ३,००,००० कित्ता शेयर सुरक्षित गरीे र ३,००,००० कित्ता शेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी ५४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिनेछ । सार्वजनिक निष्कासन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी १ अर्व ४० करोडबाट बढेर रु. २ अर्ब पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्