२९ श्रावण २०८३, शुक्रबार

नेपाल बैंकले दियो सेयरधनीलाई १६ प्रतिसत लाभांस



काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई १६ प्रतिसत लाभांस दिने घोषणा गरेको छ । बैंक संचालक समितिको बुधबार बसेको बैठकले ४ प्रतिसत नगद लाभांस र १२ प्रतिसत बोनस सेयर दिने घोषणा गरेको हो ।

पछिल्लो समय निक्कै बलियो बनेको नेपाल बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६ प्रतिसत लाभांस घोषणा गरेको हो । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।