आशा लघुवित्तको १५ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १५ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छ ।
राष्ट्र बैंकले लघुवित्तको लाभांशलाई हिजोदेखि वितरण गर्न स्वीकृति दिएको हो । गत असोज ३१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाको १५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
लघुवित्तले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद गरि कुल ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश वितरण शेयर धनीले पाउने छन ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।













