एनसीसी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गर्यो
काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ३ गते शुक्रबार अपरान्ह बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी कूल १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।












