संसद विघटनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सफिारिस गरेसँगै नेपाली कांग्रेसले बैठक बोलाएको छ । सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।














