१८ भदौ २०८३, बिहिबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर चितवनको खैरहनीमा



काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवाकार्यालय खैरहनीनगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब खैरहनीनगरपालिकाको करदाता सेवाकार्यालयका सेवाग्राहीहरुले आफ्नोसम्पूर्ण राजश्वतथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmतसजिलैसंग भुक्तनीगर्न सक्नेछन ।

करीवपाँचलाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवाप्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।