१ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ



काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा र्पुयाइएको छ ।

पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, नागरिक अगुवा कृष्ण पहाडी, मानवअधिकारकर्मी कृष्ण कँडेलसहित १६ जना रहेका छन ।उनीहरूले संविधानसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै ‘संसद् विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास’ भएको जनाएका छन् ।

सरकारको उक्त कदमको सत्तारूढ नेकपा र अन्य राजनीतिक दलले पनि विरोध जनाएका छन ।