७ श्रावण २०८३, बिहिबार

पछिल्लो २४ घण्टामा थपिए ७ सय ४२ कोरोना संक्रमित, १ हजार ७९ जना डिस्चार्ज भए



काठमाडौँ । सोमबार पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ सय ९५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्