वाणिज्य बैंकहरूमा सबैभन्दा बढि नविल बैंककाे ३५.३६ प्रतिसत लाभांस
काठमाडाैं । वाणिज्य बैकहरूमध्ये सबैभन्दा बढि सेयरधनीलाई लाभांस नबिल बैंकले दिने भएकाे छ । हालसम्म घाेषणा भएकाेे लाभांसमध्ये नविल बैंक १ नंबरमा पुगेकाे छ ।
नविल बैंकले सेरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । पुस ६ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई आकर्षक लाभांस दिने निर्णय गरेको हो ।
नविल बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । साे लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत भाइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्नेछ ।
नविल बैंककाे हाल चुक्तापुँजी १० अर्व ८ कराेड रहेकाे छ । बाेनस सेयर वितरण पछि चुक्तापुँजी १३ अर्व ४५ कराेड रहेकाे छ ।













