१८ भदौ २०८३, बिहिबार

नेपाल एसबिआई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २८ गते सत्ताइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।बैकको संचालक समितिको बैठकले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पनी पारीत गरेको छ ।

बैंकको साधरण सभाले हाल रहेको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ३.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा गर्नका लागी बैंकले पुस १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको जनाएको छ ।

साधरण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुने बैंकले जनाएके छ । सभामा अनलाइन प्रविधिमार्फत पनि सहभागिता जनाउन सक्ने व्यवस्था भएको बैंकले जानकारी दिएको छ ।