७ श्रावण २०८३, बिहिबार

३ जना मृत अवस्थामा फेला परे



काठमाडौं । विभिन्न स्थानहरुमा ३ जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा सुनसरी, बर्जु गाउँपालिका ३ फारम चोक नजिक हाल नाम, थर, वतन, नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलवार दिउँसो मृत अवस्थामा फेला परेका छन ।

त्यस्तै बाँके, कोहलपुर नगरपालिका ६ बुद्धचोक डेरा गरी बस्ने कैलाली जानकी गाउँपालिका४ घर भएका ४१ वर्षीय अर्जुन न्यौपाने आफ्नै डेरा कोठामा सुतिरहेको अवस्थामा मंगलबार दिउँसो मृत अवस्थामा भेटिएका छन ।

यसैगरी बाँके, नरैनापुर गाउँपालिका १ लक्ष्मणपुरस्थित जंगलमा भारत श्रवस्ती बस्ने २५ वर्षीया राविया पठानिनको शव मंगलवार दिउँसो फेला परेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्