निर्वाचनको मिति घोषणा भएसंगै निर्वाचन आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन
काठमाडौं । मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन स्थगीत भएको छ । हालसम्मको नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जानकारी दिएको छ ।
त्यस्तै सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको गरिसकेको छ । त्यसअघि नै निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।
तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।













