विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख नाघ्यो
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७५ हजार १ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५ सय ५६ संक्रमित थपिएका छन ।त्यस्तैगरी ३ सय १ जना कोरोना संक्रमितको ज्यान गएको छ ।यो संगै भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या १ लाख ४६ हजार १११ पुगेको छ ।
यो संगै कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १६ लाख ९९ हजार २ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख २४ हजार ६५ संक्रमित थपिएका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४३१ पुगेको छ ।













