७ श्रावण २०८३, बिहिबार

भीमफेदीदेखि गाडी बोकेर काठमाडौं ल्याउने घलानको ज्यान गयो



काठमाडौं । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्यको एक जना ८९ बषीय हिराबहादुर घलानको ज्यान गएको छ ।

मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ५ बस्ने ८९ वर्षीय घलानको आज राती ज्यान गएको हो । उनले हालसम्म २५ वटा गाडी बोकेका थिए । अब राणा शासनमा गाडी बोकेर काठमाडौँ भित्र्याउने सबै जनाको मृत्यु भइसकेको थाहा नगरपालीका वडा नं ५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताएका छन ।

घलानले २००६ सालदेखि गाडी बोक्न शुरु गरेका थिए । ९६ जनाले बोक्ने गाडी भने उनले एक पटक मात्रै बोकेका थिए। त्यस्तै ६४ जनाले बोक्ने गाडी १० पटक बोकेका थिए। राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दालाई भरिया बनाइन्थ्यो। थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।


प्रतिक्रिया दिनुहोस्